भारतले स्वदेशी लगानी र ठेकेदार भएका आयोजनाका लागि मात्र विस्फोटक पदार्थ आयात अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन थालेको छ । गएको १० दिनयता भारतीय दूतावासले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का उपाध्यक्ष आनन्द चौधरीले बताए । चिनियाँ लगानी र ठेकेदारले निर्माणको जिम्मा लिएकाबाहेक १२ वटा आयोजनाका लागि एनओसी दिइसकेको उनको भनाइ छ ।