काठमाडौं : देशभरका अधिकांश स्थानीय तहले पछिल्लो समय बनाएको स्थानीय पाठ्यक्रम (सामुदायिक) सरकारी विद्यालयमा पठनपाठन भइरहेको छ। सरकारले नै राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले आधारभूत तहको कक्षा १ देखि ८ सम्म एक विषय स्थानीय पाठ्यक्रमको पठनपाठन गराउनुपर्ने व्यवस्था गरेको हो।यस व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहले स्थानीय जनसमुदायको आवश्यकताअनुसार पाठ्यक्रममा तथा पाठ्यसामग्री विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ। यसका लागि पाठ्यक्रम विकास केन्द्रले ‘स्थानीय पाठ्य