खोटाङ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा-मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् । खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा-मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरेका हुन् । विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा […]