बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् । १५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविमा २०४४ र २०४६ सालमा बनेको भवनमै पठन-पाठन भइरहेको छ । […]

सम्बन्धित सामग्री

जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ

भोजपुर, ३२ साउन । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ । विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले जानकारी दिए । भूकम्पका […]

सडकको धुलो कक्षा कोठामा, शिक्षक दरबन्दीविहीन

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् । १५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविम...

सडकको धुलो कक्षा कोठामा, शिक्षक दरबन्दीविहीन

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् । १५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविम...

प्रयोग भएन विद्यालय भवन

बूढीनन्दा नगरपालिका ४ को कुरुमा २०७३ सालमै निर्माण भएको दुईतले पक्की भवन प्रयोग गरिएको छैन। देवडाँडा माध्यमिक विद्यालयका लागि जिल्ला शिक्षा कार्यालयको ३२ लाख रुपियाँको लागतमा २०७३ सालमा सो भवन निर्माण गरिएको हो। विद्यालय प्रयोजनका लागि भवन निर्माण भए पनि प्रयोगमा नआउँदा स्थानीयवासीको घाँस राख्ने धनसार भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रङ्गवीर रोकायाका अनुसार भवन निर्माणका क्रममा एकलौटी भएको भन्दै स्थानीयवासीबीच विवाद हुँदा सञ्चालनमा ल्याउन कठिनाइ भएको हो। विवाद र भवनका सबै संरचना बन्न नसक्दा विद्यालयमा माध्यमिक तह चलाउने स्वीकृति प्राप्त हुन नसकेको बताइन्छ। यद्यपि आधारभूत तहका विद्यार्थी जीर्ण भवनमा पठनपाठन गरिरहेका छन्।

खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।विद्यालयमा दुई कोठे तीनवटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन्

८० प्रतिशत बजेट कार्यान्वयन गर्नुहोस् : मन्त्री बराल

पर्वत । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलवार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री बरालले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुनेगरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिएका हुन् । अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले पाँचौं महीनामै रकमान्तर गर्न नहुने बताए । तेस्रो चौमासिकमा मात्र अवस्था हेरी रकमान्तर गर्न सकिने उनको भनाइ थियो । पर्वतको संक्षिप्त कार्य प्रगति पेश गर्दै सचिव अर्यालले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पर्वतमा सडकतर्फ ८ प्रतिशत, भवनतर्फ ३ प्रतिशतमात्र खर्च भएको बताए । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले कार्यक्रम योजना कार्यान्वयनमा द्वन्द्व, १० लाखभित्रका ५१ ओटा योजना, कर्मचारी अभाव र दशैंसम्म पानी परेकाले बजेट कार्यान्वयनमा कठिनाइ भएको बताए । रकमान्तर सहित थप ८ करोडको दायित्य सृजना भएको उनको भनाइ थियो । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शम्भुकुमार सिन्हाले २ लाखदेखि २० लाखका ८३ ओटा योजना रहेको बताए । शीप विकास कार्यालयका प्रमुख सन्तोष पौडेलले तालीमहरू बजार केन्द्रित भएको गुनासो गरे । यस्तै कृषि ज्ञान केन्द्र पर्वतका अधिकृत आशिष पाण्डेले गतवर्ष साना सिँचाइ योजनामा ४ करोड बजेट रहेकोमा यस वर्ष करीब ७० लाख मात्र परेको बताए । स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले १८ वर्षमाथिका करिब ८१ प्रतिशतलाई कोरोना विरुद्धको खोपको पहिलो मात्रा उपलब्ध गराइएकोे जानकारी दिए । कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि अनुकूल तापक्रमसहितको भण्डारण कक्षको आवश्यकता उनले औंल्याए । जिल्ला आयुर्वेदिक अस्पतालका प्रमुख डा. किरण कमल बस्ताकोटीले लेखा अधिकृत नभएको, सवारीसाधनको अभाव भएको गुनासो गरे कार्यालय भवन नै जीर्ण भएको उनले बताए । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुुख थलबहादुर तामाङले विभन्नि योजनामा श्रमदान शून्यजस्तै भएको बताए । विभिन्न संघसंस्था र तीन तहका सरकारबीच समन्वय समेत नमिलेको गुनासो समेत उनले गरे । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अधिकांश कार्यालयमा कर्मचारी अभाव, सवारीसाधनको अभाव, विनियोजित बजेट कम भएको तथा साना र धेरै योजना समेटिएको गुनासो गरेकी छिन् । प्रहरी चौकी कार्यालयसहितका भौतिक संरचनामा प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने प्रजिअ खत्रीले बताइन् ।