राष्ट्रपतिद्वारा घटस्थापना गरी जमरा राख्नु भयो

हिन्दुहरूको पर्व दसैँ २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राख्नु भएको छ । आजदेखि दसैँ सुरु भएसँगै नवरात्र अर्थात् घटस्थापना आरम्भ भएको छ ।

सम्बन्धित सामग्री

धनकुटाको निशान मन्दिरमा गरियो घटस्थापना

धनकुटा : धनकुटाको निशान मन्दिरस्थित दशैं घरमा सोमबार घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको साइतमा जमरा राखेर घटस्थापना गरिएको हो।सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि धान, जौ, मकै छरिन्छ।आज छरिएको धान, जौ, मकैलाई जमरा भन्ने गरिएको निशान मन्दिरका पुजारी शिवहरि सापकोटाले बताए। दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ।निशान मन्दिरमा विसं १८

हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं : आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ भएको छ। आज बिहान १० बजेर २३ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु…

बडादसैं सुरु घटस्थापना गरी जमरा राखिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु भएको छ।...

बडा दसैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

काठमाडौं, असोज १० । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ […]

आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

काठमाडौं । २०७९ सालको बडा दशैं आजबाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न […]

बडा दशैँ शुरू, आज घटस्थापना

काठमाडौं :  बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।  नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिप

आज घटस्थापना, यस्तो छ जमरा राख्ने विधि

काठमाडौं।आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।आज बिहान १०ः४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ।घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

दसैँघरमा जमरा राखियो (तस्बिरहरु)

आज दसैँको पहिलो दिन घटस्थापनाकाो अवसरमा हिन्दु धर्मावलम्बी नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । त्यसक्रममा नेपाली सेनाको टोलीले विभिन्न मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेको थियो । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं: आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ। आज बिहान १०:४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ। घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। घटस्थापनाका दिन बिहानै स्नान गरी खोला तथा नदीको बगरबाट…

भित्रियो बडादशैंः आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको […]