काठमाडौं। मेगा बैंकले विभिन्न प्रदेशमा एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले प्रदेश नम्बर १ मा एक, बागमतीमा तीन, लुम्बिनीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो। सुनसरी,नुवाकोट, चितवनको विकास चोक र भरतपुर हाइट,बाँके र कैलालीको धनगढीमा आजबाट शाखाहरु विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको बैंकका सूचना अधिकारी तुलसीराम पोखरेलले बताए।