महोत्तरी : महोत्तरी जिल्लामा गएका ५ दिनमा स्रोत नखुलेको ६३ लाख रूपैयाँसहित प्रहरीले ३ जना पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएको आइतबार ५५ लाख रूपैयाँसहित २ जना पक्राउ परेका थिए। यसैगरि आज (बिहीबार) ८ लाख रूपैयाँसहित अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।भारतबाट स्रोत नखुलेको करिब ८ लाख रूपैयाँसहित नेपाल आएका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई प्रहरीले गएराति पक्राउ गरेको थियो।भारतको बिहा