नेपाली सेनाद्वारा अमेरिकी र चिनियाँ राजदूतलाई सम्मान

काठमाडौं । नेपाली सेनाले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत रेन्डी बेरीलाई सम्मान गरेको छ । शिवरात्रि पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित सेनाको विशेष कार्यक्रममा राजदूतद्वयलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपालका लागि अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छीलाई कदरपत्र र आफ्नो कार्यकाल पुरा गरि स्वदेश फिर्ता हुन लागेका अमेरिकी राजदूतावासका सैनिक सहचारी माट शोभालाई प्रधान सेनापति प्रशंसा निशानद्वारा सम्मान गर्नुभएको थियो । सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुभएको थियो भने सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस (२०७७’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । हेलिकप्टर मार्फत उद्धार सम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्‍न हात÷हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि–फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । समारोहमा राष्ट्रपति भण्डारीबाट ‘नेपाल एकीकरणको ईतिहास (१८०१–१८७२) ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय’ र ‘सिपाही वार्षिक–२०७७’ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द १७ जना, अधिकृत २११ जना, पदिक १९५ जना र अन्यदर्जा ७७८ जना, ड्रिल प्रतियोगितामा प्रथम भएका पृतनाका सकलदर्जा ५६ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ८ जना र गैर सैनिक ८२ जना गरि जम्मा १३४७ जना रहेका थिए । साथै सोही समारोहमा प्रधानसेनापति थापाले सैनिक आवासीय महाविद्यालयको कफि टेबल बुक ‘यात्रांकन पुस्तकको विमोचन गर्नुका साथै मानार्थ उप सेनानी पदमा पदोन्नती भएका ५४ जना पदिकहरु मध्ये उपत्यका भित्र कार्यरत ...

सम्बन्धित सामग्री

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आइपुगेका छन् । उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औँ राजदूतका रूपमा...

नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ …

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ । सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला […]

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। आइतबार विहान उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औं राजदूतका रुपमा...

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन्। आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेट

काठमाडौं– नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाई भेट गरेकी छन् ।  भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।  परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

नेपाल सुन्दर बगैंचाजस्तो होस्  : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई उच्च महत्व दिएर स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ् यीले भ्रमण गरेको बताएकी छिन् । चीनको ग्लोबल टाइम्सलाई हालै दिएको अन्तर्वार्तामा राजदूत यान्छीले...

चिनियाँ राजदूत यान्छी र परराष्ट्र मन्त्री खड्काबीच भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेट भएको छ ।