नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचार का बेला चाहिने पिपिई लगायतका आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ। कम्पनीले गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।