डोटी - बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएकाे भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेकाे छ ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जाेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएकाे कारण सञ्चालन हुन नसक्दा यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।
डोटीको सिलुगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी क...