कर्णाली– कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे । कार्यक्रममा मन्त्री भण्डारीले बालबालिकाको खोजतलासमा सहयोग पुग्ने उद्देश्यका साथै आश्रयस्थलका रूपमा विकास गर्न केन्द्र सञ्चालन गरिएको बताए । उनले भने, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्नेछ […]