७ दिनभित्र कोरोना महामारी नियन्त्रणसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन सर्वोच्च अदालतको आदेश

काठमाडौं। अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता जस्ता विषय सम्बोधन गरी ७ दिनभित्र कार्ययोजना ल्याउन अन्तरिम आदेश जारी गरेको हो।

सम्बन्धित सामग्री

भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि अदालतको आदेश– घरबाटै काम गर्नू

वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो ।केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठकमा बस्न पनि निर्देश गरेको छ । प्रदूषण मामिलामै आगामी बुधबार पनि अदालतले निर्णय गर्ने बताइएको छ । छि