वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो ।केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठकमा बस्न पनि निर्देश गरेको छ । प्रदूषण मामिलामै आगामी बुधबार पनि अदालतले निर्णय गर्ने बताइएको छ । छि