गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भई नेकपा (एमाले) प्रवेश गर्दा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य सिटमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको हो ।