एजेन्सी । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी) को संक्रमणका कारण ४ हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३ सय ७४ संक्रमित फेला परेका छन् । […]