नर्सको पारिश्रमिक अधिकृत स्तरको बनाउन कांग्रेस सांसदको माग

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले दक्ष जनशक्तिलाई पलायन हुन नदिन नर्सको तलब वृद्धि गर्नुपर्ने बताएका छन् । बीएन गरेका नर्सलाई अधिकृत स्तरको तलब र स्टाफ नर्सलाई नायब सुब्बा सरहको पारिश्रमिकको व्यवस्था गर्न उनको सुझाव छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य राज्यमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद विश्वकर्माले क्षमतावान नर्सहरू अत्यन्त कम पारिश्रमिकमा काम गरिरहेको भन्दै पारिश्रमिक बढाउन माग गरे । कोरोना महामारी नियन्त्रण र खोपको विषयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराएका छन् ...

सम्बन्धित सामग्री

भीभीआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

काठमाडाैं । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भीभीआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताउनुभयो । सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक-पटक […]

कांग्रेस सांसदको माग : निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्छ

काठमाडाैं : नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन्।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।  उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन

बलात्कारका घटनामा कानून कडा बनाउन सांसदको माग

काठमाडौँ । बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार प्रतिनिधि सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् । समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न […]

ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग

काठमाडौँ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्ने उनको भनाइ थियो […]

ठूला जलाशय आयोजना सरकारले आफैँले बनाउन सांसदको माग

काठमाडौँ,२७ जेठ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफँैले बनाउनुपर्ने उनको भनाइ […]

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

काठमाडौं। सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। टौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ। निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुद अन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३५.५३ अंकले घटेको हो।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइन् । दे

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई कारबाही गर्न सांसदको माग

काठमाडौँ । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् । शुक्रबार (आज) संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग उक्त माग राखेका हुन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताएका छन् । यस्तै सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल […]

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

काठमाडाैं।सांसदहरुले कोभिड–१९ महामारीबाट प्रभावित विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्वविद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरे।परीक्षार्थीलाई वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरे।

द्वन्द्वपीडित शिक्षकको पुनर्स्थापना चाँडो गर्न सांसदको माग

काठमाडौँ। प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले द्वन्द्वपीडित शिक्षकको समस्या समाधान चाँडो गर्न सरकारसँग माग गरेका छन्। शुक्रबारको बैठकमा रावतले जनआन्दोलन र जनयुद्धलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका शिक्षकहरू विस्थापित भएको धेरै भए पनि अझैसम्म पुनर्स्थापित नभएकाले तत्काल पुनर्स्थापनाको माग गरेका हुन्। सँगैका कर्मचारीहरूको पुनर्बहाली हुँदा पनि राज्य र विपक्षी दुवैको दमन सहेका शिक्षकहरू विस्थापित भइरहनु दुखद रहेको उनले बताए।