संविधान संशोधन गर्न वामगठबन्धन तयार भए सरकारमा सहभागी हुनेछौं – उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ। अध्यक्ष यादवले एमाले संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टी वामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्। उनले संविधान त्रुटिपूर्ण रहेकाले नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भइरहेको दाबी समेत गरे। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो…

सम्बन्धित सामग्री

उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री

२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ । दुई खेमामा विभाजित जसपाको यादव […]

प्रधानमन्त्री र उपप्रधानमन्त्रीले ‘तोडेका दुई भद्र सहमति’

गत वर्ष सत्तारूढ नेकपाका अध्यक्षद्वयसँग संविधान संशोधन गर्ने सहमति गरी तत्कालीन समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएका थिए।

नेकपा र फोरमबीच दुईबुँदे सहमति, उपेन्द्र यादव सरकारमा जाने

काठमाडौं : संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ। यससम्बन्धि सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच सोमबार सहमति भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई बुँदे सहमति पत्रमा संविधान संशोधन लगायतका विषयलाई आपसी सहमतिमा समाधान गर्ने र दोस्रो बुँदामा फोरम सरकारमा...