वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]

सम्बन्धित सामग्री

वीरगञ्ज नाका : ७ महीनामा साढे ४ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज (अस) । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को सात महीनामा साढे ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्ममा वीरगञ्ज भन्सारबाट कुल ४ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । यस अवधिमा भन्सारले १ खर्ब २१ अर्ब ७२ करोड रुपैयाँ राजस्व उठाएको भन्सार प्रमुख हरिहर पौडेलले बताए । यो राजस्व तोकिएको लक्ष्यभन्दा ४ प्रतिशत बढी भएको पनि उनले बताए । चालू आवमा बितेको ७ महीनाका लागि यो भन्सारलाई १ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो । वीरगञ्ज भन्सारमार्फत भएको कुल व्यापारमा आयाततर्फ ४ खर्ब २ अर्ब ४८ करोड छ । ६० अर्ब रुपैयाँबराबरको निर्यात व्यापार देखिन्छ । भन्सारको सूचना तथा प्रविधि शाखाका अनुसार यो नाकाबाट भएको वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब ४२ अर्ब रुपैयाँबराबरको व्यापारघाटा छ । वीरगञ्ज नाकाबाट मुख्य रुपमा पेट्रोलिय पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा र औद्योगिक कच्चा पदार्थको आयात बढी हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुस, कपडा, जुत्तालगायतका वस्तु जाने गरेको भन्सारको तथ्यांकले देखाउँछ । कुन शीर्षकमा कति राजस्व ? चालू आवको ७ महीनामा वीरगञ्ज भन्सारले आयाततर्फ भन्सार महशुल ४४ अर्ब ३९ करोड, मूल्यअभिवृद्धि कर ४७ अर्ब ५३ करोड र अन्त:शुल्क १३ अर्ब ६७ करोड रुपैयाँ उठाएको छ । वस्तु निर्यातबाट ८ करोड रुपैयाँ संकलन गरेको छ । पूर्वाधार कर शीर्षकमा सवा ९ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको छ । २ अर्ब ३१ करोड रुपैयाँ सडक मर्मत तथा सुधार र ३ अर्ब ४० करोड रुपैयाँ सडक निर्माण तथा सम्भार शीर्षकमा उठेको वीरगञ्ज भन्सारले बताएको छ ।

वीरगञ्ज भन्सारमा ७६ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

१३ माघ, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा चार खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाकाबाट चार खर्ब चार अर्ब ७८ करोड एक लाख ३० हजार रुपैयाँको वैदेशिक व्यापार भएको हो । गत आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा भन्दा […]

सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट

चालु आर्थिक वर्षको मङसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मङसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्

५ वर्षमा २ तिहाइले बढ्यो वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार

वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाका मानिएको वीरगञ्ज भन्सारबाट बितेको ५ वर्षमा वैदेशिक व्यापार २ तिहाइले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ को तुलनामा बितेको आव २०७७/७८ मा वैदेशिक व्यापार ६८ प्रतिशतले बढेको हो । वीरगञ्ज भन्सारबाट बितेका वर्षहरूमा व्यापारको आकार बढेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वर्षेनि भइरहेको मूल्यवृद्धिका कारण अयातनिर्यातको मूल्य बढी देखिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । पछिल्ला वर्षहरूमा औसत वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेकाले वैदेशिक व्यापारको परिमाण पनि बढी देखिएको पौडेलको भनाइ छ । बितेको आव २०७७/७८ मा वीरगञ्ज भन्सारबाट कुल ३ खर्ब १३ अर्ब २४ करोड १९ लाख रुपैयाँको मालसामान आयातनिर्यात भएको छ । यो परिमाण आव २०७३/७४ मा १ खर्ब ८५ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबर थियो । वीरगञ्ज नाकाबाट आयातसँगै निर्यात व्यापारको परिमाण पनि बढेको तथ्यांकले देखाउँछ । ५ वर्षअघि साढे १३ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएकोमा बितेको वर्षसम्ममा यो परिमाण ४ गुणा बढेको छ । आव २०७७/७८ मा यो नाकाबाट ५२ अर्ब रुपैयाँभन्दा बढीको निर्यात व्यापार भएको तथ्यांक भन्सारसित छ । यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारी साधन र औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरणको बढी आयात हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुसजाम, कपडा, जुत्तालगायत वस्तुको वर्चस्व रहेको भन्सारले बताएको छ । गतवर्षको निर्यातमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निकासी उल्लेख्य छ । त्यसअघि प्रशोधित पाम तेलमा भारतले रोक लगाएपछि निर्यातकर्ता भटमास र सूर्यमुखीमा तेल निकासीमा केन्द्रित भएका थिए । भारतले फुकुवा गरेपछि पाम तेलको निकासी पुनः शुरू भएको भन्सारले बताएको छ । वीरगञ्ज नाकाको अवस्थिति र पूर्वाधार सहज भएर पनि यो नाकाबाट अपेक्षा गरेअनुसार व्यापार भने नबढेको प्रमुख भन्सार अधिकृत पौडेल बताउँछन् । उपभोग संस्कृति र वस्तुको मूल्य बढेकाले व्यापारको मूल्य तुलनात्मक बढी देखिएको छ । तर, यो नाकाबाट अपेक्षित व्यापार अझै हुन सकेको छैन,’ उनले आर्थिक अभियानसित भने । बितेका २ आर्थिक वर्षमा कोरोना महामारीका कारण पनि व्यापार घटेको उनले बताए । वर्ष २०७६/७७ बाहेक अन्य सबै वर्ष व्यापार तुलनात्मक रूपमा  बढेको देखिन्छ । त्यस वर्ष सरकारले लिएको आयात निरुत्साहनको नीति र कोरोना महामारीका कारण वैश्विक व्यापारमा आएको कमीको प्रभाव नेपालको वैदेशिक व्यापारमा पनि परेको हो । विगतमा २०७२ को मधेश आन्दोलनताका आयातकर्ता वीरगञ्जबाट भैरहवा र विराटनगर नाकातिर गएका थिए । ६ महीनासम्मको बन्दहडताल र नाकाबन्दीका कारण नाका परिवर्तन गरेका व्यवसायी अझै वीरगञ्ज नाका फर्किइनसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । ‘अर्को नाकातिर गएपछि व्यवसायीले त्यहाँ आफ्नो पूर्वाधार बनाइसकेका हुन्छन् । त्यसलाई छोडेर आउन त्यति सहज हुँदैन,’ उद्यमी केडियाले भने । प्रमुख भन्सार अधिकृत पौडेलले पनि वीरगञ्ज नाकाबाट गाडी र भारतीय तयारी कपडाका आयातकर्ता भैरहवा नाकातिर गएको बताए । वीरगञ्जबाट भित्रिँदै आएको समुद्रपार व्यापार विराटनगर नाकातर्फ केन्द्रित भएको पनि उनले जानकारी दिए । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापार सहजीकरण गरी समय र खर्च घटाउने उपायमा केन्द्रित भएको पौडेलको भनाइ छ । ‘आयातनिर्यातमा लाग्ने खर्च र समय घटाउन वीरगञ्जस्थित एकीकृत जाँच चौकीको भारतीय पक्षसित पहल भइरहेको छ । भन्सार प्रशासन वीरगञ्ज नाकाबाट हुने व्यापारको लागत घटाउन निरन्तर प्रयासमा छ,’ उनले भने । जुन नाकाबाट व्यापार गर्दा सहज हुन्छ, आयातकर्ता त्यतैतिर जानु स्वाभाविक भएको केडिया बताउँछन् ।

वीरगञ्ज नाका : वैदेशिक व्यापारमा सवारीसाधन र इन्धन आयातको वर्चस्व

वीरगञ्ज । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा सवारीसाधन र इन्धन मुख्य परिमाणमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । वीरगञ्जबाट आयात हुने र राजस्वमा मुख्य योगदान वस्तुमा सवारी साधन र इन्धन नै मुख्य रहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य वस्तु सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । बितेको आर्थिक वर्षमा पनि आयातको मुख्य सूचीमा यिनै वस्तु परेका छन्,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायत सवारीसाधन, इन्धन बढी भित्रिएको छ । वीरगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रीप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ आयात हुन्छ । पंखा, अप्टिकल फाइबर केबुल, मोटरको ब्याट्री, गाडीका पार्टपुर्जा र एलोपेथिक औषधि पनि भित्रिएको देखिन्छ । निर्याततर्पm भटमासको तेल, जुस, कपडा, जुत्तालगायत उत्पादन गएको भन्सारको तथ्यांकले देखाउँछ । भन्सारले उठायो रू. १ खर्ब ७० अर्ब वीरगञ्ज भन्सारले गत आवमा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार खस्किएर राजस्व घट्ने अनुमान गरिए पनि भन्सारले वर्षको अन्त्यमा लक्ष्य करीब पूरा गरेको हो । गत आवको साउनदेखि असारसम्म उठेको राजस्व लक्ष्यको ९९ दशमलव ६ प्रतिशत भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । ‘संकलित रकम तोकिएको लक्ष्यभन्दा ७१ करोड रुपैयाँले कम हो । वीरगञ्ज भन्सारलाई गत आवका लागि १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो,’ पौडेलले आर्थिक अभियानसित भने । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखको मध्यबाट विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएपछि आयात घट्ने अनुमान गरिएको थियो । वैदेशिक व्यापारमा निषेधाज्ञाको खासै प्रभाव नदेखिएपछि राजस्व लक्ष्य पूरा भएको हो । वर्षको अन्तिम महीना असारमा भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । १५ अर्ब २४ करोड रुपैयाँ उठाउने भनिएकोमा १६ अर्ब ६ करोड रुपैयाँ संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ । यो रकम लक्ष्यभन्दा ५ प्रतिशत बढी हो ।