एमालेको गढका रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा ३० वर्षपछि एमालेको विरासत ढलेको छ । ३० वर्षदेखि हेटौंडाको नेतृत्व लिँदै आएको एमाले पहिलो पटक यहाँ नेतृत्वमुक्त बनेको हो । २०४८ सालदेखि हेटौंडाको नेतृत्वमा एमालेको एकछत्र राज थियो । हालै सम्पन्न निर्वाचनबाट एमालेको विरासत ढलेको छ । एमालेको विरासत ढल्नुको मुख्य कारण सत्तारुढ गठबन्धन नै हो भने दोस्रोमा पूर्वपञ्चहरु पनि मुख्य कारण हुन् ।हेटौंडा उपमहानगरको नेतृत्वका लागि एमालेले हेभिवेट नेता संविधानसभा सदस्य अनन्त प्रसाद पौडेललाई अघि सारेको थियो । पौड