तिम्रो मुटु मेरो मुटु साट्न पाए हुन्थ्योनचुँडिने माया डोरी बाट्न पाए हुन्थ्यो ।जिन्दगीका उकाली र ओरालीका यात्रा सुख दुःख सँगसँगै काट्न पाए हुन्थ्यो ।समाजका तगारा छन्, ताराभन्दा धेरैछानी छानी मिलाएर छाँट्न पाए हुन्थ्यो ।तिमी भए वनकुसुम भँवरालाई होइनमौरी बनी यौवनपुष्प चाट्न पाए हुन्थ्यो ।तिम्रो मेरो मायाप्रीति जुनी जुनीसम्मधर्तीसँग एकैचोटि फाट्न पाए हुन्थ्यो ।गुल्मी