बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश कार्यालयबाट प्राप्त रु तीन अर्ब ६४ करोड १५ लाख १९ हजार ५०० बजेटमध्ये ७५.२५ प्रतिशत खर्च भएको छ भने रु ९० करोड १३ लाख ५४ हजार ७१७ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए । कार्यालयले स्थानीय तहमा सोझै आएको बजेटबाहेक सङ्घीय सरकारको, प्रदेश सरकारको र स्थानीय तहमा आएको ससर्त र समपूरक बजेटको अनुगमन र लेखापरीक्षण ग