काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कोरोना सङ्क्रमण निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नौ हजार ७० जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तो छ काठमाण्डौ उपत्यकामा कोभिड...