नेपाल रेडक्रस सोसाइटीको तत्कालिन तदर्थ समितिले विधानको विपरीत जबरजस्ती नयाँ तदर्थ समिति गठन गरिएको भन्दै सरकारको नयाँ तदर्थ समिति गठन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले आइतबार विज्ञप्ति जारी गर्दै समयाअवधि कायमै भएको तदर्थ समितिको सट्टा सरकारले जबरजस्ती नयाँ तदर्थ समित गठन गरेको आरोप लगाएका छन् ।