नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलका तदर्थ समिति गठन गर्दा नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै पाण्डे र परियारले सो कुरा उठाएका थिए ।