पाल्पा–बुटवल सडक एकतर्फी खुल्यो

पाल्पा, असोज २० – बुधबारदेखि अवरुद्ध भएको पाल्पा(बुटवल सडक शुक्रबार बिहानदेखि एकतर्फी रुपमा संचालनमा आएको छ ।  बिहान ७ बजेदेखि मोटरसाईकल, ...

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

शनिबार अपराह्न सुख्खा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकै खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका साथै यात्रु अलपत्र परेका थिए ।

पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो

काठमाण्डाै – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो । सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ । हिलो तीन वटा मेसिनले पन्छाउने काम भैरहेको छ । सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । अस्ति दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाइएको थियो । तर...

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

सिद्धार्थ राजमार्ग शुक्रबार बेलुकीदेखि एकतर्फी खुलेको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, हिउँदेखोला, गिट्टीखानी क्षेत्रमा खसेको पहिरो पन्छाउन नसक्दा दिनभर अवरुद्ध भएको हो । शुक्रबार बिहानदेखि पहिरो पन्छाउन सवारी साधन सञ्‍चालनमा रोक लगाइएको थियो ।