शनिबार अपराह्न सुख्खा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकै खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका साथै यात्रु अलपत्र परेका थिए ।