मुक्त कमैया, कमलरीको पुनर्स्थापनामा दबाब दिन ‘अधिकार यात्रा’ गरिँदै

मुक्त कमैया, कमलरी र बुक्रहीको न्यायिक पुनर्स्थापनाका लागि सरकारलाई दबाब दिन कैलाली र कञ्चनपुरमा ‘अधिकार यात्रा’ गरिने भएको छ ।  अधिकार यात्राका क्रममा दुई जिल्लाका करिब तीन सय मुक्त कमैया, कमलरीले...

सम्बन्धित सामग्री

पुनःस्थापनाका पर्खाइमा पाँच हजार बढी मुक्त कमैया

गोदावरी (कैलाली), १६ माघ । सुदूरपश्चिममा पाँच हजार बढी मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापनाको पर्खाइमा रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया र कमलरी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेपछि स्पष्ट कानुन नहुँदा हालसम्म पुनःस्थापना हुन नसकेको हो । मुक्त कमैया समाजका अध्यक्ष पशुपति […]

कैलाली–कञ्चनपुरमा मुक्त कमैया पुनर्स्थापनाका लागि अधिकार यात्रा

मुक्त कमैया, कम्लहरी र बुक्रही पुनर्स्थापनाका लागि अधिकार यात्रा २०८० सुरु गरिएको छ ।

कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी, ७१ घर नष्ट

कैलालीको कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्त कमैया शिविर जलेर खरानी बनेको छ । गहुँको नल जलाउन खेतमा लगाएको आगो बस्तीमा सल्किँदा शिविरका ७१ घर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख...

कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० घर जले, आगो निभाउने प्रयास चल्दै

कैलाली – कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० वटाभन्दा धेरै घर जलेर नष्ट भएका छन् । कैलाली गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर मुक्त कमैया शिविरमा आज आइतवार दिउँसो आगलागी भएको जिल्ला  प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  आगलागीको कारण नखुलेको भए पनि खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाले उडाएर शिविरमा आइपुगेकाे हुन सक्ने अनुमान गरिएको छ । फुसको छानो भएका घर भएकाले कम समयमै धेरै घर जलेका हुन सक्ने प्रहरीले जनाएकाे छ ।  अहिले चार वटा दमकल, प्रहरी र स्थानीयवासीको ...

मुक्त कमैया बस्तीमा भीषण आगलागी

कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित मुक्त कमैया बस्तीमा आगलागी भएको छ । आइतबार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिए । धनगढी र टीकापुरको दमकलको मद्दतमा प्रहरी, स्थानीयवासीहरु मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । राठौरका अनुसार करिब ४० घर जलेको खबर प्राप्त भएको छ ।

कैलालीको मुक्त कमैया शिविरमा आगलागी

धनगढी– कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएको छ। कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हो। आइतबार दिउँसो कैलारी गाउँपालिकास्थित विपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानवीय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन। […]

‘मुक्त कमैया, हलिया र कमलरीको समस्या समाधान गर्न सरकार तयार’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गर्न सरकार लागि परेको बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाहरुको समस्या समाधान गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।उनले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गरी संविधानमा लिपिवद्ध भएका र मौलिक हकको रुपमा रहेका अधिकारल

मुक्त कमैया लक्षित कार्यक्रम आउनै छाड्यो

सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैया स्थानीय तहमा पुग्न थालेका छन् । जीवनस्तर उकास्न ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरू चिन्तित भएका हुन् ।