कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० घर जले, आगो निभाउने प्रयास चल्दै

कैलाली – कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० वटाभन्दा धेरै घर जलेर नष्ट भएका छन् । कैलाली गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर मुक्त कमैया शिविरमा आज आइतवार दिउँसो आगलागी भएको जिल्ला  प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  आगलागीको कारण नखुलेको भए पनि खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाले उडाएर शिविरमा आइपुगेकाे हुन सक्ने अनुमान गरिएको छ । फुसको छानो भएका घर भएकाले कम समयमै धेरै घर जलेका हुन सक्ने प्रहरीले जनाएकाे छ ।  अहिले चार वटा दमकल, प्रहरी र स्थानीयवासीको ...