काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारको वृद्धिलाई सरकारको सफलता र भरोसासँग जोडेर हेरेको बताउनुभएको छ । संसदमा विश्वासको मत माग्दै उहाँले शेयर बजार बढ्नुलाई नयाँ सरकारप्रतिको भरोसका रूपमा लिएको बताउनुभएको छ ।
‘पछिल्ला दिनमा शेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति नागरिककाे भरोसको सङ्केतका रूपमा हेरेको छु’, प्रचण्डले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमानदार स्व...