हाइड्रोजन ऊर्जाको भविष्य

प्रधानमन्त्री पुष्पकमल दाहालले केही हप्ताअघि सोलुखोला दूधकोसी हाइड्रोइलेक्टिक प्रोजेक्टको उद्घाटन गर्ने क्रममा आफू हाइड्रोजन कार चढ्न तयार रहेको बताए। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशको प्रमुख कार्यकारीले हाइड्रोजन ऊर्जाबाट...

सम्बन्धित सामग्री

हाइड्रोजन ऊर्जामा प्राथमिकता

विश्वभरि नै नयाँ ऊर्जाको खोजीका क्रममा हाइड्रोजन ऊर्जालाई पनि एउटा बलियो विकल्पमा रूपमा हेरिएको छ । अहिले विद्युतीय सवारी साधनतर्फ विश्वको ध्यान बढी आकर्षित भए पनि हाइड्रोजनलाई भविष्यको ऊर्जाका रूपमा लिन थालिएको छ । नेपालमा पनि हाइड्रोजन ऊर्जाका क्षेत्रमा नयाँ सम्भावना देखिएको छ । नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले परीक्षणका रूपमा हाइड्रोजन उत्पादन गरेको छ जुन निकै सकारात्मक छ । जलस्रोतको धनी मुलुक नेपालमा हाइड्रोजन ऊर्जालाई सर्वोपरि प्राथमिकता दिनुपर्छ ।  विश्वको बढ्दो तापमान कम गर्न खनिज ऊर्जाको विकल्पमा हरित ऊर्जाको खोजी भइरहेको छ । नेपालको जलविद्युत् आफैमा हरित ऊर्जा हो । यही हरित ऊर्जाको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्न सकिन्छ । इलोक्ट्रोलाइसिस प्रविधिबाट पानीबाट हाइड्रोजन निकालिन्छ जसका लागि ठूलो ऊर्जा आवश्यक पर्छ । स्वच्छ पानीको पर्याप्त उपलब्धता र जलविद्युत्को सम्भावनाका कारण हाइड्रोजन ऊर्जा नेपालका लागि बढी उपयुक्त मानिन्छ । विद्युत् निर्यातका लागि विभिन्न पहल गरिरहेको नेपालले आफै बिजुली खपत गर्न सक्छ र त्यही बिजुलीबाट बनेको हाइड्रोजन भने ट्यांकरमार्फत जहाँ पनि निर्यात गर्न सकिन्छ । त्यसैले नेपालले हाइड्रोजन ऊर्जामा पर्याप्त काम गर्न आवश्यक छ ।  नेपालले ग्रीन हाइड्रोजन नीति २०८० पारित गरी लागू गरेको छ । हाइड्रोजनको उत्पादन परीक्षणका लागि नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ र त्यसैअनुसार निगमको सहयोगमा विश्वविद्यालयले हाइड्रोजन उत्पादन गरेको हो । तर, हाइड्रोजनको सफल रूपमा उत्पादन भए पनि सरकारले हाइड्रोजनबाट चल्ने गाडी दर्ताका लागि कानून संशोधन नगर्दा विश्वविद्यालयले गाडी सडकमा चलाउनसमेत पाएको छैन । त्यसैले सरकारले छिटो गतिमा हाइड्रोजन ऊर्जा प्रयोगलाई सहज बनाउन काम गर्नु जरुरी छ । २०७८ सालमा नै ग्रीन हाइड्रोजन सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको सरकारले अझैसम्म यसका लागि कानून र नियमन सम्बन्धी संयन्त्र नबनाउनु चाहिँ विडम्बना नै हो ।  भारतमा भारतीय आयल कर्पोरेशनले पनि हरित हाइड्रोजनका लागि काम थालेको छ । उसले यसका लागि ३ खर्ब रुपया लगानी गर्न लागेको छ । त्यस्तै राजस्तानमा नवीकरणीय ऊर्जा उत्पादन गर्न १ हजार मेगावाट विद्युत् खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ । नेपाल आयल निगमले पनि यही गतिमा हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न र रिफ्युलिङ सेन्टर स्थापना गर्नतिर लाग्नुपर्छ ।  नेपालमा अहिले विद्युतीय सवारीप्रति निकै आकर्षण बढेको छ । तर, भोलि यसको ब्याट्री कहाँ विसर्जन गर्ने भन्ने ठूलो समस्या छ । तैपनि कर छूटका कारण तुलनात्मक रूपमा सस्तो भएकाले अहिले तीव्र गतिमा विद्युतीय सवारीको संख्या बढिरहेको छ । नेपालको सन्दर्भमा ब्याट्रीबाट चल्ने सवारीसाधनभन्दा हाइड्रोजनबाट चल्ने सवारीसाधन बढी उपयुक्त देखिन्छ । पहिलो त यो रिफ्युलिङ गर्न थोरै समय लाग्छ । अर्को, यो ब्याट्रीभन्दा हलुँगो हुने भएकाले प्रयोग गर्न सजिलो हुन्छ । अझ हाइड्रोजन उत्पादन गर्दा त्यसबाट रासायनिक मलसमेत उत्पादन गर्न सकिन्छ ।  त्यसैले हरित हाइड्रोजनको प्रयोगका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम थाल्न ढिला भइसकेको छ । सरकारले यससम्बन्धी नीति निर्माण त गरेको छ, यतिमात्र पर्याप्त हुँदैन । अब हाइड्रोजन ऊर्जा उत्पादन तथा प्रयोगलाई व्यावसायिक रूपमा अगाडि बढाउन कानून निर्माण र लगानी गर्नु आवश्यक छ । अहिले विश्वविद्यालयले गरेको परीक्षण उत्पादनमात्रै हो । त्यसलाई व्यावसायिक बनाउन त्यसमा थप लगानी आवश्यक छ । अर्को, विश्वविद्यालयले गरेको प्रयोग नयाँ होइन, अन्यत्र प्रयोग भएको प्रविधि ल्याएर उत्पादन र प्रयोग गरेको हो ।  त्यसैले यसलाई व्यावसायिक बनाउन निजीक्षेत्रलाई लगानी गर्ने वातावरण बनाइनु आवश्यक छ । अहिले सरकार लगानी सम्मेलनमा जुटिरहेको छ । यसमा हाइड्रोजन उत्पादनसम्बन्धी परियोजना परेको देखिँदैन । भारतकै अडानी समूह हरित ऊर्जामा लगानी गर्न तयार भइरहेको सन्दर्भमा नेपालले त्यस्तो लगानी हाइड्रोजनमा आकर्षित गर्न सक्ने सम्भावना पनि छ । तर, यसतर्फ सरकारको ध्यान पुगेको छैन । यसो हुन सकेमा विश्व बजारमा हाइड्रोजन ऊर्जामा नेपालको उपस्थिति देखाउन सकिन्छ र भोलिका दिनमा हाइड्रोजन निर्यात गर्नसमेत नसकिने होइन । सबैभन्दा ठूलो कुरा  सरकारको प्रतिबद्धता र छिटो निर्णय हो जुन नेपालमा भइरहेको छैन ।  मुलुकले आर्जन गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थ खरीदमा बाहिरिएको छ । नेपाल आयात हुने वस्तुमा सबैभन्दा बढी यही नै रहेको छ । यो आयातलाई विस्थापन गर्न हाइड्रोजन ऊर्जा सहयोगी हुने देखिन्छ । त्यस्तै रासायनिक मल किन्न नै वर्षेनि करीब २१ अर्ब बराबरको विदेशी मुद्रा बाहिरिने गरेको छ । हाइड्रोजनको सहउत्पादन रासायनिक मल हुने भएकाले यस्तो प्रोत्साहन गर्न विभिन्न छूट र सहुलियत दिएर आकर्षित गर्न सकिन्छ र आयात प्रतिस्थापन गर्न मद्दत मिल्छ । हाइड्रोजन उत्पादन गर्न बिजुली खपत हुने भएकाले सस्तोमा निर्यात गर्नका लागि मरिहत्ते गर्न पनि पर्दैन । अर्को, हाइड्रोजन भण्डारण गर्न र स्थानान्तरण गर्न पनि सजिलो हुने भएकाले बजारका लागि कुनै एक देशमा मात्रै निर्भर हुनु पनि पर्दैन ।  पेट्रोलियम पदार्थको मूल्य अन्तरराष्ट्रिय बजारमा निर्भर हुन्छ र त्यसको मूल्य चुकाउन नेपाललाई कठिन परिरहेको छ । हाइड्रोजन ऊर्जा आफ्नै उत्पादन हुने भएकाले खनिज तेलको मूल्यको उतारचढावबाट मुलुकको अर्थतन्त्रलाई जोगाउन सकिन्छ । त्यसैले अहिले सानो परीक्षणले देखाएको संकेत निकै सुखद र लाभदायी हुने देखिन्छ । तर, यसमा सरकारको प्रतिबद्धता सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।

हाइड्रोजन ऊर्जाको सम्भावना

काठमाडौं विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा हाइड्रोजन कार भित्त्याएको छ । हाइड्रोजनको अनुसन्धान र विकासका लागि निगमले विश्वविद्यालयलाई सहयोग गर्ने औपचारिक सम्झौता भएअनुसार यस्तो कार आयात गरिएको हो । कारका लागि चाहिने हाइड्रोजन विश्वविद्यालयले आफै उत्पादन गर्नेछ र ग्यास भर्न आवश्यक उपकरणको व्यवस्थासमेत गरिसकेको छ । यसरी मुलुक हाइड्रोजन प्रयोगमा अघि बढेको छ । यसलाई व्यापक बनाउन आवश्यक देखिन्छ ।  नेपालमा अहिले ब्याट्रीबाट चल्ने गाडीहरूको विक्री निकै बढेको छ । सरकारले वातावरणमैत्री भनेर यस्ता सवारीसाधनलाई भन्सार र अन्त:शुल्क आदिमा छूट दिएर प्रोत्साहन गरिरहेको छ । तर, कतिपय अर्थशास्त्रीले यसले अर्थतन्त्रलाई लाभ दिँदैन भनी आलोचनासमेत गरेका छन् । नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधन उपयुक्त कि हाइड्रोजनबाट चल्ने उपयुक्त भन्नेमा बहस चलेको छ । ब्याट्रीबाट चल्ने गाडीको उत्पादनमा छिमेकी मुलुकहरू चीन र भारत आक्रामक तरीकाले लागिपरेकाले नेपालमा त्यसको प्रभाव परेको देखिन्छ । तर, यी दुवै देशले हाइड्रोजनका लागि पनि काम गरिरहेका छन् । नेपाल जलस्रोतमा धनी भएकाले एकातिर बिजुली निकालेर त्यसको उपयोग हाइड्रोजन उत्पादनमा लगाउन सकिन्छ भने अर्कातिर हाइड्रोजन निर्यात पनि गर्न सकिन्छ । विज्ञहरूका अनुसार ८ केजी पानीबाट ६ केजी हाइड्रोजन बनाउन सकिन्छ । शुद्ध पानीलाई उच्च ऊर्जा प्रयोग गरेर हाइड्रोजन निकाल्न सकिन्छ । अन्य देशले हाइड्रोजन निकाल्नका लागि स्वच्छ ऊर्जा पाउन अलिक गाह्रो हुन्छ भने नेपालका लागि यो सहज छ । नेपालको बिजुली विक्री नभएर खेर गइरहेको छ । त्यो खेर गइरहेको बिजुली प्रयोग गरेर हाइड्रोजन निकाल्न सकिन्छ । यसरी निकालिएको हाइड्रोजन जहाँ पनि लान सकिन्छ । त्यसैले नेपालले जलस्रोतको दोहनका लागि हाइड्रोजन ऊर्जालाई नै प्राथमिकतामा राख्नु आवश्यक छ । यसो गर्दा इन्धन आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा स्थापित हुन सकिन्छ ।  विद्युतीय गाडी चार्ज गर्न समय लाग्छ भने ६ किलोग्राम हाइड्रोजन भर्न पाँच सात मिनेट भए पुग्छ जसबाट गाडी ८ सय किलोमीटरसम्म गुड्न सक्छ । त्यसैले हाइड्रोजनलाई भविष्यको ऊर्जा मानिएको छ । नेपालमा यसको सम्भावना बढी देखिएकाले सरकारले हाइड्रोजनको विकासका लागि पर्याप्त लगानी गर्नु आवश्यक छ ।

हाइड्रोजन उत्पादनबारे प्रमुख दलहरुको प्रतिबद्धता के छ ?

१७ कात्तिक, काठमाडौं । विश्वमा वैकल्पिक ऊर्जाको रुपमा विकास भइरहेको हाइड्रोजन नेपालमा पनि उत्पादन गर्ने प्रतिबद्धता प्रमुख राजनीतिक दलहरुले गरेका छन् । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसै साता सार्वजनिक भएका दलका प्रतिबद्धता तथा घोषणा पत्रमा हाइड्रोजन उत्पादन, नेपालमै हाइड्रोजन प्लानट स्थापना जस्ता विषय समेटिएका छन् । नेकपा एमालेले आफ्नो घोषणापत्रमा हाइड्रोजन लागायत […]

‘नेपाल हाइड्रोजन ऊर्जाको हब बन्न सक्छ’

नेपाल हाइड्रोजन ऊर्जाको हब बन्न सक्ने भन्दै यसको उत्पादनलाई नेपालले अब कार्यान्वयनमै लैजानु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ’

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन्। ‘हाइड्रोजनको व्यावसायिक […]

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

पानीबाटै विद्युत्, पानीबाटै हाइड्रोजन, हाइड्रोजनबाटै एमोनिया ग्याँस र युरिया निस्किने भयो भने हाम्रो पानी नै अझै ठूलो शक्ति बन्ने भयो। यसैकारण भविष्यमा नेपाल इन्धनको मुख्य स्रोत मुलुक बन्न पनि सक्छ ।

हाइड्रोजन ऊर्जाको काठमाडौं विश्वविद्यालयमा परीक्षण

९ असोज, काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन्’ विश्वविद्यालयले गरिरहेको […]