गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ ।गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो ।
विभागले आज एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ ।
बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण ग...