काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ। सरकार गठनको डेढ महिना बितिसके पनि मन्त्रिपरिषदले पूर्णता नपाउँदा आलोचना खेपिरहेका प्रधानमन्त्रीले अझै एक साता मन्त्रीमण्डल विस्तार नगर्ने लक्षण देखिएको छ।माधवकुमार नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) ले नयाँ पार्टीको औपचारिक मान्यता पाइसके पनि सत्तारुढ गठबन्धनका नेता भदौ २२ यता सरकार विस्तार नहुने बताइरहेका छन्। गठबन्धनमा सामेल दलहरूको आन्तरिक अलमलले मन्त्रिपरिषद