संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चार धामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्बीहरुले चारवटै धामको दर्शन गर्न