इँटा उद्योगीको गुनासो : अभावै अभावमा उद्योग सञ्चालन गर्नुपरेको छ

रुपन्देही । इँटा उद्योगीले अभावै अभावमा आफूहरूले उद्योग सञ्चालन गर्नुपरेको भन्दै सरकारप्रति गुनासो गरेका छन् । बुधवार भैरहवामा आयोजित नेपाल इँटा उद्योग महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा तेह्रौँ वार्षिक साधारण सभामा बोल्ने उद्योगी–व्यवसायीले सरकारले कर लिने तर सेवा सुविधा कुनै नदिएको, मजदुर, माटो र भस्कट अभावका बिच पनि उद्योग सञ्चालन गर्नु रेको भन्दै गुनासो गरेका […]

सम्बन्धित सामग्री

इँटा उद्योगमा कोरोना कहर : उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग

वीरगञ्ज (अस) । बारा र पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूर काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । इँटा व्यवयासी संघ बारा र पर्साका अनुसार कोरोना महामारी शुरू भएपछि आफ्नो घर गएका मजदूर फर्किएका छैनन् । बारम्बारको कोरोना लहरले मजदूर नपाएपछि ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् । कोभिडको पहिलो लहरमा सामान्य असर देखिएकोमा दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा उद्योग बन्द हुने क्रम बढ्दै गएको हो । अधिकांश यस्ता उद्योगमा भारतीय कामदार कार्यरत रहेको र कोरोनाका कारण मजदूर आपूर्ति हुन नसकेपछि उत्पादन नै बन्द गर्नु परेको संघका अध्यक्ष रामप्रकाश यादवले बताउँछन् । बारा र पर्सामा करीब २ सयको हाराहारीमा यस्ता उद्योग रहेकोमा अहिले १५० जति सञ्चालनमा रहेको अनुमान यादवको छ । इँटा उद्योग सञ्चालन हुन  नसक्दा यी उद्योगमा भएको करीब २ अर्ब रुपैयाँबराबरको लगानी जोखिममा परेको सञ्चालकहरूले बताएका छन् । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी हुने अनुमान उनीहरूको छ । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्ता उद्योगमा अधिकांश भारतीय कामदार छन् । ‘कोरोना शुरू भएपछि भारत गएका मजदूर नफर्किएपछि उद्योग सञ्चालनमा समस्या भयो । पटकपटकको कोरोना लहरले उद्योगमा मजदूर अभाव भएको छ,’ एक उद्योगीले भने । सामान्यतया एउटा उद्योगले वर्षमा ६ पटकसम्म इँटा उत्पादन गर्दछन् । एक पटकमा ५ लाखदेखि ७ लाखसम्म इँटा उत्पादन हुने उद्योगी बताउँछन् । एउटा उद्योगमा १५० देखि २०० सम्म कामदारको खाँचो पर्दछ । सञ्चालनमा रहेका उद्योगले पनि न्यून जनशक्तिमा काम चलाइरहेको बताएका छन् । केही दिनदेखि पूर्वी नेपालका कामदार आएको र त्यसैको बलमा डेढ सयजति उद्योग सञ्चालनमा आएको यादवले बताए । कामदार अभाव भएपछि इँटाको लागत बढेको गुनासो उद्यमीहरूले गरेका छन् ।