लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौस...

सम्बन्धित सामग्री

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाडी भूभागका केही स्थानमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ ।

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि ...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुम...

आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । यसले गर्दा पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, प्रदेश-१ र मधेस प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ भने ...

तीन वटा प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ । बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार  काठमाण्डौसहित देशका अरु ठाउँमा भने आज पानी पर्ने सम्भावना छैन । अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ ।  दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा ...

आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार आज वाग्मतीसहित प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् शाक्यले बताउनुभयो । तर, दिउँसो पछि भने सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने उहाँले बताउनुभयो ।  यस्तै, आज राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठू...

एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।  अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन । तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको व...

आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

काठमाण्डाै - आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुनेछ ।  हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालग...