बझाङ। सेती नदीमा आएको बाढीले खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान सुरु गरेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन सूचना गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।