काठमाडौं : भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महधिवेशन चलिरहेको छ। बुधवार सुरु भएको महाधिवेशनमा बिहीवार साँझसम्म संशोधित विधान पारित गर्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने कार्यक्रम छ।
आज पनि भृकुटीमण्डप क्षेत्रमा दिनभर राप्रपा नेता कार्यकर्ताको चहलपहल रह्यो। सभाहलमा बन्दसत्र चलिरहँदा हल बाहिर भने नेता कार्यकर्ताको भिड थियो। उम्मेदवारी घोषणा गरेका राप्रपा नेताहरु…