राप्रपा महाधिवेशन आजबाट, थापा र लिङ्देन मैदानमा

काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा […]

सम्बन्धित सामग्री

राप्रपा महाधिवेशन : अध्यक्षका उम्मेद्धवार लिङ्देनले गरे मतदान

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनले पनि भोट हालेका छन्। निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा […]

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

काठमाडौं, १६ मंसिर :  राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् । लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यसैगरी महामन्त्रीमा […]

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा जहाँ हेर्‍यो त्यहीँ उम्मेदवारको ब्यानर

काठमाडौं : भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महधिवेशन चलिरहेको छ। बुधवार सुरु भएको महाधिवेशनमा बिहीवार साँझसम्म संशोधित विधान पारित गर्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने कार्यक्रम छ। आज पनि भृकुटीमण्डप क्षेत्रमा दिनभर राप्रपा नेता कार्यकर्ताको चहलपहल रह्यो। सभाहलमा बन्दसत्र चलिरहँदा हल बाहिर भने नेता कार्यकर्ताको भिड थियो। उम्मेदवारी घोषणा गरेका राप्रपा नेताहरु…

राप्रपा महाधिवेशन : अध्यक्षबाहेककाे निर्वाचन भोटिङ मेसिनबाट

काठमाडौं । काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ । बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए । उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा […] The post राप्रपा महाधिवेशन : अध्यक्षबाहेककाे निर्वाचन भोटिङ मेसिनबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन : अझै टुंगिएनन् प्रतिनिधि

काठमाडौँ– राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन । काठमाडौँको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन । महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । […]

राप्रपा महाधिवेशन : दोस्रो दिनको बन्दसत्र जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । पहिलो दिन महाधिवेशनको उद्घाटनपछि बन्दसत्र सुरु भएको थियो भने बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि आज पनि छलफल भइरहेको हो । बन्दसत्रबाट दुई प्रस्ताव पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । राप्रपाको नयाँ नेतृत्वमा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही बिचमा विभिन्न जिल्लामा महाधिव

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापालाई राजेन्द्र लिङ्देनको टक्कर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको छ। राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि भएको पार्टी एकतापछि पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन गर्न लागेको हो।महाधिवेशन तीन दिनसम्म चल्ने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललगायत शीर्ष राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका छ। फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताक

राप्रपा महाधिवेशन : लिङ्देनको पक्षमा खुलिन् रेखा

९ मंसिर, काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् । लिङ्देन महाधिवेशनमा अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गदैछन् । मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । राजेन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य […]

राप्रपा अब महाधिवेशन केन्द्रित, अध्यक्ष कमल थापाको यस्तो आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब महाधिवेशन केन्द्रित भएको छ । संसद विघटनसँगै वैशाखका लागि तोकिएको निर्वाचनका कारण महाधिवेशन प्रभावित हुनसक्ने आशंका गरिएपनि सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि अब राप्रपा महाधिवेशन केन्द्रित हुने भएको हो । राप्रपा अध्यक्ष कमल थापाले बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राप्रपा महाधिवेशन सुनिश्चित भएको जनाएका छन् । ‘प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार राप्रपाको महाधिवेशन ...