बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले आचरणविपरीत काम गरेको भन्दै २२ जना वडासचिवलाई स्पष्टीकरण सोधेको छ। व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको, २० वर्ष नपुगेकाको विवाह दर्ता गरेकालगायत कारण स्पष्टीकरण सोधिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। सुर्नया गाउँपालिकाका ६ वडा, दशरथचन्द नगरपालिकाका २ वडा, पाटन नगरपालिकाका ५ वडा, दोगडाकेदार गाउँपालिकाका २ वडा, डिलाशैनी गाउँपालिकाका २ वडा, मेलौली नगरपालिका २ वडा, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिवलाई स्पष्