काठमाडौं। राष्ट्रियसभाबाट दुई विधेयक पारित भएका छन्। राष्ट्रियसभाको आजको बैठकले ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका उक्त प्रस्ताव राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले पारित भएको हो।