प्रमुख राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बनाउन सकस परेको छ । आकांक्षीहरु अत्यधिक भएपछि नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको हो ।आकांक्षीको संख्या तेब्बरसम्म भएपछि प्रमुख राजनीतिक पार्टीहरुले सोमबारमात्रै बन्दसूची पेश गर्ने तयारी थालेका छन् । प्रमुख राजनीतिक पार्टीका नेताहरुले आफुहरु आइतबार पनि समानुपातिकको सुची तयार गर्ने गृहकार्यमै लागेको र सोमबार पनि सुची बुझाउने समयसीमा रहेकाले सोह