पाल्पा : पाल्पामा एक जनाबाहेक सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन्। रम्भा गाउँपालिका–५ ताहुँका वडा सदस्य ईश्वरीप्रसाद श्रेष्ठले नेकपा एमाले छाडेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगेर मंगलबार नेकपा एकिकृत (समाजवादी) पार्टीमा सनाखत गरेका हुन्। स्थानीय तहबाट एमाले परित्याग गर्नेमा जिल्लाभर उनी मात्र रहेका छन्।श्रेष्ठको राजनीति नेकपा एमालेबाट सुरु भएको हो। त्यसपछि राप्रपाको कार्यकर्ता भएर काम गरे। २०५४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। २०७४ सालमा नेकपा एमालेबाट वडा सदस