विकास बैंकद्वारा शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन आग्रह

भदौ २, काठमाडौं । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोकरको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो ।             एशोसिएसनले बुधवार एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग शेयर ब्रोकरको काम गर्न अनुमति माग गरेको हो । विज्ञप्तिमा  ‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्था रहेको उल्लेख छ ।            सोही ऐनलाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं बुँदामा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था बनाइएको छ ।             विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त लिई बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।            विज्ञप्तिमा राष्ट्रियस्तरका विकास बैंकहरुको औसत चुक्तापूँजी ३ अर्ब ४० करोड नाघिसकेको छ भने १ हजारभन्दा बढी शाखाबाट करीब ४१ लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई कर्जा प्रवाह भइरहेको पनि उल्लेख छ । ती बैंकहरुले २०७८ साल असार मसान्तसम्ममा  ४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

समन्वय गरेर काम गर्न मधेश मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गैरसरकारी संघ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्।विकास साझेदारीसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा आयोजित अन्तरसंवादमा मुख्यमन्त्री यादवले समन्वय गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुने बताए।भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले दातृ निकाय काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्गमा बस्ने प्रवृत्ति ठीक नभएको बताए।अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर

कुनै पनि वहानामा विकासका काम अबरुद्ध नगर्न भट्टराईको आग्रह

कास्की निर्बाचन क्षेत्र न २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले विकास आयोजनाका काम कुनै पनि वहानामा अबरुद्ध नगर्न निर्देशन दिनुभएको छ । शुक्रबार कास्कीका सम्बनिधत कार्यालय प्रमुखहरूलाई भेला गरी भट्टराईले विकासका लागि चालिएका कदम र भएका कठिनाइको समयमा पहिचान गरी समाधान खोज्न आफू सधै लागि परेको भन्दै तत्काल रोकिएका आयोजनाका अगाडि बढाउन आग्रह …

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ,२२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गरेका छन्। युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ […]

सम्मान कार्यक्रम रोकेर विकास योजना बनाउन नगर प्रमुख खरेलकाे आग्रह

गुल्मी : मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले टीका खादा लगाएर नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्य रोक्न आग्रह गरेका छन्।अबको समय सबै मिलेर विकास निर्माण सम्बन्धी खाका कोर्न आग्रह गर्दै उनले समय खेर नफाल्न मुसिकोटका बासिन्दालाई आग्रह गरेका हुन्। निर्वाचित भएपश्चात विभिन्न संघ, संस्था र व्यक्तिहरुले सम्मान तथा बधाईका कार्यक्रमहरु राख्दा काम गर्ने समय पनि खेर जाने भन्दै खरेलले बधाई तथा सम्मानका कार्यक्रमहरुलाई रोक्न आग्रह गरेको बताए।एक हप्ताको समय बधाई तथा सम्मान ग्रहण गरेको भन्द

वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न राष्ट्रपतिकाे आग्रह

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ । काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले विकास सम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्न स्थानीय जनप्रतिनिधिका साथै सरोकारवाला सबैलाई […]

एडीबीलाई परियोजनाका काम अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताइन् ।मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, “हामीसँग समय […]

एडिबीलाई आयोजनाका काम तत्काल अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैङ्क (एडिबी) लाई आयोजनाहरुको काम अघि बढाउन आग्रह गरेकी छन् । आज (शुक्रबार) मन्त्रालयमा एडिबी प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा बनाइने आयोजना द्रुत गतिमा अघि बढाउनुपर्ने बताइन् । ‘हामीसँग समय सीमित छ, काम धेरै छन्,’ मन्त्री झाँक्रीले भनिन्, ‘सकेसम्म सीमित अवधिमा धेरै काम गरौँ भन्ने […]

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यस क्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक […]

लुम्बिनी गुरुयोजनाको काम चाँडो सक्न काँग्रेसको आग्रह

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषको काम कारवाहीप्रति चासो राख्दै लुम्बिनी गुरुयोजनाका काम छिटो सक्न आग्रह गरेको छ ।लुम्बिनी विकास कोषसँगको छलफलमा काँग्रेसको लुम्बिनी प्रदेश समितिले हाल भइरहेका कामका बारेमा चासो राखेको हो । काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुनले बुद्ध जन्मस्थलको विकासमा काँग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने र कमी कमजोरीहरुमा औंला उठाउने बताए । उनले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेशभित्रका अन्य पर्यटकीय क्षेत्रको पनि विकास हुनुपर्नेमा जोड दि