काठमाण्डाै – सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ । कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गरेर सरकारले विदेशबाट आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड या पीसीआर नेगेटिभ रिपोर्टमध्ये एउटा कागजात पेस गरे पुग्ने नयाँ ट्राभल एड्भाइजरी लागू गरेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा नयाँ नियम लागू भएको र यसले नेपाल आउनेहरूलाई निकै सहज हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । कोरोनाविरु...