स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो । दुई दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि