स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वर्सेनि बायु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ ।
नेपाल जलवायू परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको र देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढावा दिने गरेको मन्त्रालयको भनाई छ ।