सिर्जना फाइनान्स र सिटीजन्स बैंक गभिँदै

विराटनगर / विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेड र सिटीजन्स बैंक गभिने भएका छन् । विराटनगरमा बुधबार आयोजित एक कार्यक्रममा दुवै वित्तिय संस्थाबीच एकअर्कामा मर्ज हुने सहमति भएको हो । कार्यक्रमपछि सिर्जना फाइनान्सका अध्यक्ष सुयेश प्याकुरेलले आउँदो तीन महिनाभित्र गाभिने प्रक्रिया पूरा गरे सिटिजन्स बंैकमा रुपान्तरण हुने जानकारी दिए । उनले कर्मचारी समायोजनका हकमा... The post सिर्जना फाइनान्स र सिटीजन्स बैंक गभिँदै appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

असार १६, काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । सिर्जना फाइनान्स कम्पनीलाई सिटीजन्स बैंकले इन्टरनेशनलले प्राप्त गरेको छ ।  सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटीजन्स बैंक इन्टरनेशनलले ९५ कित्ता शेयर(१ः०.९५) दिने गरी शेयरमूल्य अनुपातमा प्राप्ति गरेको हो ।

सिटीजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, बुक क्लोज कहिले ?

काठमाडौं, १६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले फाइनान्सलाई प्राप्ति गर्न असार २४ गते एकदिन बुक क्लोज गर्ने जनाएको छ । बैंकद्वारा यस अघि नै सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बैंकले फाइनान्सलाई १ः०.९५ अनुपातमा प्राप्ति गर्न लागेको हो । अब सिर्जना फाइनान्सका […]

सिटीजन्स बैंक  र सिर्जना फाइनान्सको विशेष साधारण सभा बिहीवार हुँदै

जेठ २६, काठमाडौं ।  सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको विशेष साधारण सभा बिहीवार हुने भएको छ । सिटीजन्स बैकले प्रधान कार्यालयमा बिहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रीय कार्यालय बिराटनगरमा बिहान ९ बजे गर्ने जानकारी दिएका हुन् । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी शेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।