सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

असार १६, काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । सिर्जना फाइनान्स कम्पनीलाई सिटीजन्स बैंकले इन्टरनेशनलले प्राप्त गरेको छ ।  सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटीजन्स बैंक इन्टरनेशनलले ९५ कित्ता शेयर(१ः०.९५) दिने गरी शेयरमूल्य अनुपातमा प्राप्ति गरेको हो ।  

सम्बन्धित सामग्री

सिर्जना फाइनान्सको शेयर स्वामित्व संरचना परिवर्तन हुने

वैशाख १६, काठमाडौं । सिर्जना फाइनान्सको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ ।  कम्पनीले हाल कायम शेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।  संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी शेयर सर्वसाधारण शेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक समक्ष स्वीकृती लागि पठाउने निर्णय गरेको छ । संस्थापक शेयरधनीहरुले आफनो नाममा कायम शेयर मध्ये ५१ प्रतिशत शेयर कायम रहनेगरी आवश्यक अनुपात अनुरुप सर्वसाधारण शेयरमा परिणत गर्ने सहमतिको स्वघोषणा वा सर्वसाधारण समूहमा परिणत गर्ने वा नगर्ने भएमा जानकारी गराउन कम्पनीले भनेको छ ।   सूचना प्रकाशित भएको १५ दिनभित्र  सर्वसाधारण शेयरमा परिणत गर्ने वा नगर्ने भएमा सोही अनुसारको जानकारी गराउन पनि कम्पनीले भनेको छ ।