नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताएका छन् ।गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन गरिसकेको छ । गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेका थिए तर गठबन्धनमा सहमति हुन नसकेको एक नेताले बताए । अहिले गठबन