धनकुटा : बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धनकुटाका ७ वटै स्थानीय तहबाट एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन्।३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन्।नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ।प्रमुख वा उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुन